राजविराज २ मा सिटी रिक्सा मजदुरले राहत पाएन, कमसल चामल वितरण गरेको भन्दै फिर्ता

समाचार

4/12/2020

राजविराज, ३० चैत । राजविराज नगरपालिका वडा नं. २ मा वास्तविक मजदुरले राहत नपाएको गुनासो गरेका छन् ।

राजविराज नगरपालिकाद्वारा वितरण गर्न लागेको खाद्यान्न सामग्रीमा अरूवा चामल कमसल र टुटेका चामल वितरण गरेको स्थानीयहरू गुनासो गर्न थालेका छन् ।

राजविराज २ निवासी तथा सिटी अटो संघका अध्यक्ष विजय देवले वडा २ मा ११ वटा सिटी रिक्सा चालक रहेकोले एक जनाले राहत मात्र पाएको बताएका छन् ।

यता राहत पाएकामध्ये वडाकै स्थानीय सिटी रिक्सा चालक उद्धव भुजेलले टुटेको कमसल चामल दिएको भन्दै वडा कार्यालयमै फिर्ता गरेका छन् ।

लकडाउनको समयमा वडामा भएका अधिकाँश मजदुर र वास्तविक पीडितले वडाबाट राहतका सामग्री नपाएको सिटी रिक्सा चालक सँघका अध्यक्ष विजय देवले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ