मोरङ,२३ बैशाख । आफ्नै भिनाजु नाता पर्नेलाई रड प्रहार गरी घाइते बनाएको अभियोगमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग बस्ने२९ वर्षीय मनु लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा मनुलेआफ्नै भिनाजु नाता पर्ने ४० वर्षीय पुरुषलाई फलामको रड प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ ।
तपाईको प्रतिक्रिया