रौतहटको क्वारेन्टिनमा बसेकाले कुटे स्वास्थ्यकर्मी

समाचार

6/3/2020

रौतहट, २१ जेठ । रौतहटको राजपुर नगरपालिका वडा नं.—९ मा रहेको क्वारेन्टाइनमा स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ । स्वास्थ्यकर्मी खुरसिद आलमलाई कुटपिट गरि घाइते बनाएको हो ।

क्वारेन्टाइनमा बसेकाहरु चेकजाँच गर्दा अधिकांशको पोजेटिभ केस फेला पर्दै गइरहेको र त्यसमा स्वास्थ्यकर्मीको गल्ती रहेको भन्दै कुटपिट भएको हो ।

क्वारेन्टाइनमा रहेकाहरुले डाक्टरहरुको गल्ती चेकजाँचका कारण धेरैमा पोजेटिभ देखिएको भन्दै होहल्ला गर्न थाले, त्यही बीचबाट केही व्यक्तिहरुले स्वास्थ्यकर्मी खुरसीदमाथि आक्रमण गरि घाइते बनाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

स्वास्थ्यकर्मी खुरसिदको टाउकोमा गम्भीर चोट लागेको छ । उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको राजपुर नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत बैजु ठाकुरले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ