रौतहटमा ट्याक्टर दुर्घटनामा युवकको मृत्यु

समाचार

5/18/2020

रौतहट, ५ जेठ । गुजरा नगरपालिका–७ मनहर्वास्थित सडकमा ना.४ त ५७५७ नम्बरको मकै लोड गरेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार देबाहिगोनाही नगरपालिका–५ पिपराबस्ने ३५ वर्षीय बिजय साहको मृत्यु भएको हो ।

ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरको ट्रलि तथा मकैको बोरालेच्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ