रौतहट, २० जेठ । प्रदेश २ मा मंगलबार एकैदिनमा थप १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट र बारामा गरी थप १२० जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश नम्बर दुईका स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत डाक्टर विजय झा जानकारी दिए ।
उनका अनुसार रौतहटमा मात्रै ७४ जना नयाँ संक्रमित भेटिएका हुन् । पछिल्लो समय प्रदेश २ मा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ । यसअघि सोमबारमात्रै प्रदेश २ मा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तपाईको प्रतिक्रिया