रौतहटमा सामान्य प्रशासनमन्त्री त्रिपाठीको पुतला दहन

समाचार

5/23/2020

गौर, १० जेठ । रौतहटको विभिन्न स्थानमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको पुतला दहन गरिएको छ ।

मन्त्री त्रिपाठीले रौतहट क्षेत्र नम्बर २ को संसदीय कोषको बजेट दुरुपयोग गर्न खोजेको भन्दै उक्त क्षेत्रका स्थानीयले नाराबाजीसहित पुतला दहन गरेका हुन् ।

सारा विश्वसँगै नेपाल पनि अहिले कोरोना संक्रमणको उच्च जोखिमयुक्त अवस्थाबाट गुज्रिरहेको समयमा संघीय मन्त्रालयको अग्रसरतामा रौतहट निर्वाचन क्षेत्र नं. २ को सांसद अफताब आलमको अनुपस्थितिमै नियम कानुनविपरीत संसदीय पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन भएको भन्दै विरोध गर्दै पुतला दहन गरिएको हो ।

आर्थिक चलखेल गरेर मन्त्री त्रिपाठी, जेलभित्रबाट सांसद आलम र नेकपाका समानुपातिक सांसद कल्याणी खड्काले मिलेर बजेट दुरुपयोग गरेका कारण पुतला दहन गरेको स्थानीय इस्तफाल आलमले बताए । आक्रोशित युवाहरुले मन्त्रीकै संलग्नतामा खर्च भइरहेको अनधिकृत बजेट खर्च नरोकिएको लकडाउनको वास्ता नगरी आन्दोलन गर्ने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ