बाँके, ७ असार । राप्ती सोनारी गाउँपालिका–२ गौशालास्थित राप्ती नदीमा फसेका सोही गाउँपालिका–२ राजपुर बस्ने ३५ वर्षीय गम बहादुर पुनसहित ६ जनाको शनिबार राति प्रहरीले सकुशल उद्धार गरेको छ ।
उक्त नदीमा माछा मार्न गएको अवस्थामा नदीमा बाढी आई नदीको बिचमा ६ जना व्यक्तिहरु अड्केको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढकेरी, ईलाका प्रहरी कार्यालय कोहलपुर र बिपद व्यवस्थापन क्याम्प सम्सेरगंमज सशस्त्र क्याम्पबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई सकुसल उद्दार गरेको हो ।
यसैगरी राप्ती सोनारीगाउँपालिका–५ तिलहरियास्थित राप्ती नदीमा फसेका सोही ठाउँ बस्ने ५ जना महिलाहरुलाई शनिबार राति प्रहरीले सकुशल उद्धार गरेको छ ।
घाँस काट्न गएकोमा राप्ती नदीमा पानीको बहाव बढ्न गई बिच टापुमा उनीहरु अड्केको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया