रामनगर गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

समाचार

6/14/2020

सर्लाही, ३२ जेठ । जिल्लाको रामनगर गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरिएको छ ।

आइतबार जनता समाजवादी पार्टी नेपालका युवा नेता मनिष मिश्रद्वारा प्रदेश सरकारको सहयोगमा गाउँपालिकालाई स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो ।

सर्जिकल मास्क, एन ९५ मास्क, सेनेटाइजर, पीपीई, थर्मलगन लगायतको स्वास्थ्य सामग्रीहरु वितरण गरिएको युवा नेता मिश्रले मधेशवाणीलाई जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ