नयाँदिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोनिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा रामनवमीको पवित्र अवसरमा समस्त नागरिकलाई शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति कोविन्दले ट्वीटरमार्फत् हिन्दी भाषामा दिएको सन्देशमा भनिएको छ, “भगवान रामको आदर्श जीवनबाट हामीले सद्गुण, सहिष्णुता, हार्दिकता र मित्रताको सन्देश पाउँछौँ । त्यसैले यस पावन अवसरमा हामी सबैले भगवान रामको जीवनबाट शिक्षा लिँदै गौरबशाली भारतको निर्माणमा लाग्ने प्रतिज्ञा गरौँ ।”
त्यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटमार्फत सन्देशमा ‘रामनवमीको पावन अवसरमा नागरिकको सुस्वास्थ्य, दीर्घायु र सुखी जीवनका लागि हार्दिक मङ्गलमय शुभकामना’ व्यक्त गरेका छन् ।
त्यसैगरी गृहमन्त्री अमित शाहलगायतका अन्य भारतीय नेताहरूले पनि रामनवमीको अवसरमा नागरिकको सुस्वास्थ्य र सौभाग्यका लागि शुभकामना व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया