राम मन्दिर शिलान्यासको खुशीयालीमा पशुपतिमा दीप प्रज्वलन

समाचार

8/6/2020

काठमाडौं, २२ साउन । भारतको अयोध्यामा राम मन्दिरको भूमि पूजन तथा शिलान्यासको खुशीयालीमा पशुपतिमा दीप प्रज्वलन गरिएको छ ।

बुधबार साँझ विभिन्न हिन्दु धार्मिक संघ संस्था तथा साधु सन्तहरुले पशुपतिमा दीप प्रज्वलन गरेका हुन् । पशुपतिमा ‘जय श्रीराम’ लेखेर दीप प्रज्वलन गरी खुशीयाली मनाइएको हो ।

अयोध्यामा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर निर्माणस्थलमा भूमि पूजन तथा शिलान्यास गरेका हुन् ।

राम मन्दिर शिलान्यासमा सहभागी हुन जानकी मन्दिरका महन्थसहितको नेपाली टोली पनि अयोध्या गएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ