काठमाडौ, १८ चैत । भारतीय सेनाले कोभिड १९ बाट उत्पन्न पस्थितिलाई सम्बोधनका लागि नेपालमा र्यापिड रेस्पोन्स टिम पठाउन तयार रहेको बताएको छ ।
भारतीय समाचार पत्र हिन्दूले भारतीय सेना प्रमुखको भनाइ उल्लेख गर्दै माल्दिभ्समा जस्तै नेपालमा पनि सहयोगका लागि भारतीय सेना तयार रहेको जनाएको छ । तर भारतीय सेनाको भनाइप्रति नेपाल सरकारले भने अनभिज्ञता जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भारतसँग जनशक्ति होइन, स्वास्थ्य सामग्री र उपकरण माग गरेको बताएका छन् ।
भारत सरकारबाट जतिसक्दो छिटो स्वास्थ्य उपकरण उपलब्ध गराउने आश्वासन पाएको उनले जानकारी दिए ।
सरकारले यसअघि नै भारतबाट व्यक्तिगत सुरक्षा सामग्री, एन ९५ मास्क, इन्फ्रारेड थर्मोेमिटर, अक्सिजन प्लान्ट, ३ सय केजीको निर्मलीकरण गर्ने मेसिन, सिआरआरटी मेसिन, थर्मोेमिटर र सर्जिकल मास्कसहितका १६ प्रकारका सामग्री ल्याउने प्रस्ताव गरेको छ ।
तपाईको प्रतिक्रिया