काठमाडौं, २२ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो सम्पूर्ण भत्ता नेपाल सरकारको राजस्व खातामा जम्मा गर्ने घोषणा गरेका छन् ।
यतिबेला मुलुक कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडिरहेको सन्दर्भमा सार्वजनिक खर्चमा मितव्ययीता ल्याउनको लागि २०७७ साल जेठ २२ गतेदेखि २०७७ चैत्र मसान्तसम्मका कुनै पनि भत्ता नलिने तिमिल्सिनाले जानकारी दिएका छन् ।
संघीय संसद, राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनै पनि भ्रमण भत्ता नलिने कुरा जानकारी गराउँदै उक्त भत्ताहरु नेपाल सरकारको राजस्व खातामा जम्मा गरिदिन उनले संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई आग्रह गरेका हुन् ।
तपाईको प्रतिक्रिया