बाँके, १९ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले संघर्षका कार्यक्रमहरु तय गरेको छ । बाँकेको कोहलपुर सम्पन्न भएको भेलाले प्रधानमन्त्रीलाई अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको १ महिनाभन्दा धेरै दिन बितिसक्दा पनि त्यसको सम्बोधनमा कुनै चासो नदेखाएको भन्दैे संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
मोर्चाका संयोजक लक्ष्मण थारुका अनुसार संघर्षका कार्यक्रम अन्तरगत फागुन १९ गते हड्तालको लागि थरुहट तराई क्षेत्रमा मसाल जुलुस प्रदर्शन गर्ने र फागुन २० र २१ गते (२ दिन) थरुहट तराई भूगोलका सबै जिल्लाहरु आमहडताल र चक्का जाम गर्ने निर्णय गरिएको छ ।
थरुहट आन्दोलनको माग मुद्दाहरु एवं सरकारले थरुहट आन्दोलनकर्मीहरुसँंग गरेका सहमति सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारलाई ज्ञापनपत्र, ध्यानाकर्षण गराउदै चरणवद्ध शान्तिपूर्ण लामो संघर्षका माध्यमबाट पटक–पटक आग्रह गर्दा पनि सरकार, सत्तापक्ष एवं प्रतिपक्ष थरुहट आन्दोलनका माग मुद्दाप्रति रत्तिभर पनि संवेदनशील हुन सकेको आरोप लगाएको छ ।
मोर्चाले सांसद रेशम चौधरीको रिहाइ तथा टीकापुर घटनामा फसाइएका निर्दोषहरुलाई रिहाइको माग गर्दै आएको छ । टीकापुर घटनाको विषयमा सरकारले गठन गरेको पूर्व न्यायाधीश गृशचन्द्र लालको संयोजकत्वमा गठित न्यायीक समिति र गृहमन्त्रालयद्धारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन हालसम्म सार्वजनिक गर्न पनि माग गरेको छ ।
तपाईको प्रतिक्रिया