बारा, १३ बैशाख । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था कलैया शाखाले कोरोना भाईरस (कोभिड–१९) को भयावह अस्थामा नागरिकहरुको सुरक्षा तथा राहतका लागि कलैया उपमहानगरपालिकामा रकम हस्तान्तरण गरेको छ ।
सो संस्थाका लोन सुपरभाईजर कौशल यादव तथा कलैया शाखाका प्रमुख नन्दु महतोले कलैया उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेश मण्डललाई १० हजार हस्तान्तरण गरेका हुन् ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत शाखाले सो रकम बितरण गरेको हो । सो संस्थाले देशैभरी रहेका ७० वटा शाखाबाट माग भए बमोजिम राहत रकम बितरण गरेको लोन सुपरभाईजर यादवले जनाए ।
बिगत एक महिना भन्दा बढि समय देखि अन्य लघुबित्त संस्थाहरु बन्द भएपनि राष्ट्र उत्थानले भने बिना रुकावट आफ्नो सेवा प्रवाह गरिआएको यादवले बताए । देशभरिमै सो संस्थाका करिब २९ हजार ग्राहक रहेका छन् ।
तपाईको प्रतिक्रिया