राहत कोषमा नेपाल बैंकको ५ लाख सहयोग

समाचार

4/1/2020

जनकपुरधाम, १९ चैत । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले पाँच लाख सहयोग गरेको छ ।

बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । यसअघि कोषमा कृषि विकास बैंक, सिटिजन्स बैंक , सिद्धार्थ बैंक लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ