नेपालगन्ज, १६ जेठ । अधिकारकर्मीले राहत वितरणमा निम्न आय भएका, ज्यादा मजदुरी गर्ने, अशक्त द्वन्द्व पीडितहरुलाई पनि समेट्न स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
वर्तमानको कोरोना कहर र लकडाउनका कारण धेरै द्वन्द्व पीडितहरुलाई साँझ बिहान हात मुख जोड्न समस्या परेको भन्दै अधिकारकर्मीले नियमित खानु पर्ने यातना पीडित, अशक्त र दैनिक ज्याला मजदुर्रेी गर्ने द्वन्द्व पीडितलाई राहत उपलब्ध गराउनु पर्ने बताएका छन् ।
द्वन्द्व पीडितको अवस्था बुझ्न स्थलगत भ्रमणमा निस्केका अधिकारकर्मीले आर्थिक अवस्था कमजोर भएका द्वन्द्व पीडितहरु वर्तमान अवस्था र आर्थिक अभावका कारण निकै मारमा परेको अधिकारकर्मी बसन्त गौतमले बताए । स्थलगत भ्रमणमा एड्भोकेसी फोरम, फियान नेपाल र मानव अधिकार एलाइन्सका प्रतिनिधिहरु संलग्न थिए ।
बैजनाथ र कोहलपुर क्षेत्रमा लक्षित वर्ग भएर पनि कतिपय द्वन्द्व पीडितले राहत नपाएकोले पीडितहरुबाट आवश्यक सहयोगको गर्न आग्रह गरिएकाले स्थलगत भ्रमण गरिएको फियान नेपालका क्षेत्रीय प्रमुख सुरेश कुमार गौतमले बताए ।
तपाईको प्रतिक्रिया