राहत लुटपाट गर्ने पाँच जना पक्राउ

समाचार

4/19/2020

पर्सा, ७ बैशाख । पर्सागढी नगरपालिका–५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही टोल बस्नेहरु २८ वर्षीय श्याम कुमार शर्मा, १८ वर्षीय सम्सुल हवारी, २२ वर्षीय चन्र्र्किशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर रहेका छन् ।

उक्त टोलमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने मानिसहरुलाई राहत वितरण गर्ने क्रममा उनीहरुले राहत लिन आउने व्यक्तिहरुलाई जोर(जुलुम, हो(हल्ला तथा राहत बाँड्ने व्यक्तिमाथि हातपात गरी केही राहतका सामग्रीहरु समेत लुटपाट लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ