लुकाई छिपाई राखेको विभिन्न किसिमको औषधी र मास्क बरामद

समाचार

6/3/2020

मोरङ, २१ जेठ । बिराटनगर महानगरपालिका–१६ बस्ने सिता तामाङको घरमा लुकाई छिपाई राखेको करिब ८ लाख २८ हजार ९ सय ९५ मूल्य बराबरको विभिन्न किसिमको औषधी र मास्क मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

निजको घरमा औषधी र मास्क लुकाई राखेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मूल्य बराबरको औषधी र मास्क फेला पारेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ