काठमाडौं, १४ साउन । केही महिनादेखि भारत कोभिड–१९ को चपेटामा परेपछि त्यहाँका राष्ट्रपति रामनाथ कोविन्द र प्रथम महिला सविताले पनि आफ्ना गतिबिधि त्यसैतर्फ उन्मुख गराएका छन् ।
राष्ट्रपति भवनमा तीन वर्ष पूरा गर्न लागेका कोविन्दले आफ्नो पदीय प्रोटोकल (कार्यबिधि) को आवश्यकता समेत परिवर्तन गर्नुपरेको छ ।
उनले कुनै हल्ला खल्लाबिना अन्य गतिबिधिमा पनि आफ्नै हिसाबले परिवर्तन गरेका छन् । सर्वसाधारण कोभिडको मारमा परेपछि राष्ट्रपति कोविन्दको परिवारले निरिह व्यक्तिहरुलाई राहत पुग्ने गतिबिधि गर्न थाल्यो ।
देशव्यापी लकडाउन सुरु भएपछि प्रथम महिला सवितासहित कोविन्द परिवारले उनीहरुको नीजि भान्सामा दैनिक १५० जना मानिसलाई खाना तयार गरी नजिकैको गुरद्वारामा लगेर भोकै रहेकाहरुलाई खुवाउने काम ग¥यो जसको भारतभर प्रशंसा भएको छ ।
कोविन्द परिवारले कम्तिमा ८ देखि १० हप्तासम्म यसरी खाना खुवाउने काम गरेको थियो । नजिकैको गुरद्वाराले खान नपाएकालाई निःशुल्क खुवाउन सुरु गरेको सामुदायिक भान्छाको अभियानसँगै जोडिएर राष्ट्रपति कार्यालयले त्यो काम जारी राखेको थियो । बाहिर कुनै हल्ला नगरी यो काम गरिएको थियो ।
राष्ट्रपति कोविन्दले आफ्नो नियमित तलबको ३० प्रतिशत कोभिड–१९ का लागि प्रधानमन्त्री राहतकोषमा दिँदै आएका छन् ।
त्यसैगरी, राष्ट्रपति भवनमा गरिएको कोभिड–१९ सचेतना कार्यक्रममा प्रथम महिला सविताले आफ्नो सिलाई मेशिनमा बसेर कपडाका मास्कहरु सिलाएकी थिइन् ।
तपाईको प्रतिक्रिया