काठमाडौं, २६ बैशाख । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई उल्लंघन गरी सिंहदरबार अगाडि धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।
चिनियाँ नागरिकहरुले लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । चिनियाँहरुले स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै बिनाकुनै जानकारी सिंहदरबारमा धर्ना दिन गएका थिए ।
लकडाउनलाई उल्लंघन गर्दै सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेका थिए ।
लकडाउन उल्लंघन गर्ने सबै चिनियाँ नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको छ । झडपको क्रममा केही सुरक्षाकर्मी र चिनियाँ नागरिकसमेत घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया