लकडाउन उल्लंघन गरी नवाज पढिरहेका १४ जना पक्राउ

समाचार

4/20/2020

कपिलवस्तु, ८ बैशाख । मायाँदेबी गाउँपालिका–७ धुपहीस्थित मस्जिदबाट लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा मायाँदेबी गाउँपालिका–७ धुपही बस्ने ६४ वर्षीय महोम्मद अलि मुसलमान लगायत १४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त मस्जिदमा मानिसहरुले लकडाउनको उल्लंघन गरी नवाज पढिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ