लेखासम्बन्धी तालिम सुरु

समाचार

11/19/2019

बाँके, ३ मंसिर । नेपालगन्जमा १० दिने आधारभूत लेखा सम्बन्धी तालिम सुरु भएको छ ।

युकेएड सीपको आर्थिक सहयोगमा रोजगारी प्रालि सर्भिसेस तथा मानसले आयोजना गरेको तालिममा १० जना युवक तथा १० जना युवती सहभागी छन् ।

प्रदेश नम्बर २ र ५ का दुई हजार युवायुवतीलाई रोजगारी प्रदान गर्ने उद्देश्यअन्तर्गत लेखा सम्बन्धी तालिममा नेपालगञ्जका युवाहरुलाई सहभागी गराइएको जनाएको छ ।

तालिम लगत्तै सबै २० जनालाई नेपालगञ्ज क्षेत्रमै रोजगारी समेत प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ