मणि प्रसाद ग्रैह्रे, कपिलवस्तु, २० फागुन । यशोधरा गाउँपालिका कपिलवस्तुको लेखा शाखामा फागुन ६ गतेदेखि ताला लगाउँदा काम कारबाहीहरु ठप्प भएका छन् । लेखा अधिकृत निराजनराज लम्सालको कामप्रति चित्त नबुझेको भन्दै वडा अध्यक्षहरुले लेखा शाखामा ताला लगाएका हुन् ।
ताला लगाएपछि गाउँपालिकाका कामहरु प्रभावित हुंदै आएको विषयमा गाउँपालिकामा सो विषयमा कार्यालयमा पत्रकार सम्मेलन गरी ताला खोल्ने प्रयासबारे आफूले प्रयास गरेको गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेले बताए । कर्मचारी र वडा अध्यक्षका काम तथा अन्य काममा लेखा अधिकृतले समस्या थपेकोले ताला लगाइएको प्रति विभिन्न समाचार तथा टिका टिप्पणी भएको सन्र्दभमा वास्तविकता बताउन पत्रकार सम्मेलन गरेको अध्यक्ष पाण्डेयले बताए ।
ताला लगाएको बारे संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्यव समिति र राजनैतिक दल संग छलफल र सहकार्य भएको हुंदा छिटै निष्कर्षमा पुगिने पाण्डेयले बताए ।
समाचारमा यती रकम भष्टचार गर्यो यो काम असफल भयो भनेर आएको प्रति खण्डन गर्दे त्यस्ता काम भएको भए प्रमाणित गरी समाचार लेख्न समेत पत्रकारलाई आग्रह गरे ।
उता वडा नं ६ का अध्यक्ष श्यामनारायण उपाध्यायाले लेखा अधिकृत अर्को नै पठाएर काम गर्न सहजता गरिदिन आग्रह गरे । लेखा अधिकृत संग जनताका काम सहज तरिकारले नभएको कारण लेखा अधिकृतले मार्ग प्रशस्त्र गरिदिन उनले आग्रह गरे ।
तपाईको प्रतिक्रिया