लागूऔषधसहित पक्राउ

समाचार

11/19/2019

सिरहा, २ मंसिर । सिराहा जिल्लाको सिराहा नगरपालिका ३ मखनाहाबाट एपीएफ टोलीले ६ बोतल कोरेक्ससहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको सिराहा नगरपालिका १ बस्ने ३५ वर्षीय रंजित महरा छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्वर ७ गण हेक्वा सिराहाबाट खटिएको एपीएफ टोलीले निज महरालाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका महरालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ