लागू औषधसहित दुई जना पक्राउ

समाचार

6/19/2020

पर्सा, ५ असार । वीरगंज महानगरपालिका–१५ स्थितबाट नियन्त्रित लागूऔषध नुर्फिन ४ सय १७ पिस, डाईजेपाम ४ सय १७ पिस र फेनारगन ४ सय १७ पिस सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय अयस कुमार सिँह र १९ वर्षीय अरुण कुमार सिँह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ