नेपालगन्ज, १२ फागुन । । बालबालिकालाई सीपमुलक र प्राविधिक शिक्षा दिने उद्देश्यले नेपालगन्ज–६ फुल्टेक्रास्थित सिद्धार्थ विद्या सदन विद्यालयले फुड फेस्टिबलको आयोजना गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाना पकाउन सिकाउने र सो खाना बिक्री गरेर भएको आम्दानी नेपालगन्जस्थित निलसागर वृद्धाश्रमलाई प्रदान गर्ने गरी फेस्टिबलको आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रवीण गिरीले बताए ।
सो विद्यालयमा अध्ययनरत ६, ७ र ८ का विद्यार्थी आफैंले तयार पारेका विभिन्न खानाका परिकार उक्त फेस्टिबलमा राखेका थिए । फेस्टिबलका लागि विभिन्न प्रकारका परिकार बनाउँदा धेरै कुरा सिकेको विद्यार्थीहरुले बताएका छन् ।
तपाईको प्रतिक्रिया