धनगढी, १२ फागुन । सुदुरपश्चिको कला, संस्कृति र भाषाको संरक्षणको लागि धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको आयोजना गरिने भएको छ ।
सुदुरपश्चिम साहित्य समाजले आगामी फागुन १४ देखि २० सम्म महोत्सवको आयोजना गर्न लागेको जानकारी समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।
‘कला, संस्कृति र नेपाली भाषालाई संसारभर परिचति गराउन महोत्सवको आयोजना गर्न लागिएको हो
। संसारभर रहेका नेपाली साहित्यकारहरुको सहभागिता रहने महोत्सवले हाम्रो कला, संस्कृति र सभ्यताको विकासको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’ उनले भने , महोत्सवमा राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशीदेखि पवन चाम्लिङसम्मका स्रष्टाहरुलाई सम्मान गरिने जानकारी उनले दिए । महोत्सव संयोजक यज्ञराज उपाध्यायका अनुसार यस किसिमको महोत्सव पहिलो पटक हुँदैछ ।
तपाईको प्रतिक्रिया