काठमाडौं, १ असार । भारतकम रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै हुने स्पष्ट गरेका छन् ।
भारतको उत्तराखण्डमा एक कार्यक्रममा बोल्दै रक्षामन्त्री सिंहले भारत–नेपालको बीचमा रोटी–बेटीको सम्बन्ध रहेकाले यसलाई कसैले तोड्न नसक्ने बताए ।
उनले भने, लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै हल गरिनेछ ।’
नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेको उल्लेख गर्दै उनले गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिदै आएकोमा प्रशंसा पनि गरे । उनले नेपालसँगको सम्बन्ध टुट्न नसक्ने पनि बताए ।
‘म विश्वासको साथ भन्न चाहन्छु कि भारतीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन सक्दैन । हाम्रो नेपालसँग यति गहिरो सम्बन्ध छ । हामी सबै समस्याको सामाधान वार्ता र सम्वादमार्फत नै गर्नेछौँ’, उनले अघि भने ।
तपाईको प्रतिक्रिया