वैदेशिक रोजगारीमा रहेकाहरूमा अपील : आफै रोजगारी सिर्जना गर्नु पर्छ

समाचार

5/17/2020

काठमाडौं, ४ जेठ । कोरोना महामारी पश्चात धेरै साथीहरूलाई घर वापसी जानु निश्चित छ । वैदेशिक रोजगारीमा रहेकाहरुमा गैरआवासीय मधेशी संघका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. बसन्त कुशवाहाले एक अपिल जारी गरेका छन् ।

उनले अपिलमा भनेका छन्, ‘अहिलेका भ्रष्टचारी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले तपाईका लागी केही गर्नेवाला छैन् । अहिलेसम्म तपाई हामीले पठाएका रेम्मिटान्सको पैसाले यिनीहरू मोज मस्ती गरे । करोडौको बजेट पचाएँ ।

अध्क्ष्यक्ष कुशवाहाले अब यस्ता भ्रष्टचारी जनप्रतिनिधिहरूलाई पदच्युत गर्नुपर्ने बताएका छन् । उनले अब बाँकÞी रहेका साधन स्रोतले आफ्नो गाउँमा आफै रोजÞगारी सृजना गर्नुपर्ने अपिल गरेका छन् ।

यसका लागी अहिलेदेखि आफ्ना गाउँपालिका नगरपालिकाका साथीहरू मिलेर पालिका समूह निर्माण गर्न आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘हरेक देशमा काम गर्ने आफ्ना पालिकाका साथीहरूलाई यस समूहमा आबद्ध गर्नुस् । अरुको देशमा खुन पसिना बगाएको अब धेरै भयो, अब त्यों मेहनत आफ्नै गाऊँमा गर्ने बेला आएको छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ