विदेशबाट फर्कने नेपालीको लगत संकलन हुँदैछ : मन्त्री त्रिपाठी

समाचार

4/5/2020

काठमाडौं, २३ चैत । विदेशबाट फर्कने नेपालीको लगत संकलन भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

वडा तहसम्म रहेका निजामती कर्मचारीलाई विदेशबाट फर्केका नेपालीको लगत संकलन गर्नेदेखि आपतमा परेकालाई राहत वितरण गर्ने काम पनि सँगसँगै गरिएको छ ।

हालसम्म ५६ हजार बढी नेपालीहरु स्वदेश फर्किएको मन्त्री त्रिपाठीले बताएका छन् । स्वदेश फर्किएका अधिकांशलाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा समेत राख्न सुरु गरिएको उनले जनाए ।

कोभिड–१९ लगायत अन्य कारणले स्वदेश फर्केका सम्पूर्ण नेपालीको लगत संकलन काम वडा तहबाट नै जारी राखिएको उनले बताए ।

स्वदेश फर्केकाको लगत संकलन गर्ने र सँगसँगै राहात बाँड्ने काम पनि सुरु भइसकेको बताउँदै उनले भने, ‘तर, यसरी राहत बाँड्दा भने एकद्धार नीति अपनाउन मन्त्रालयबाट माताहातका कर्मचारीलाई निर्देशनसमेत दिइसकेको छु ।’

दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने, वृद्धाश्रम, बालगृह, अपाङ्गताहरुलाई संरक्षण गर्ने, सुत्केरी महिला र विशेष रोग लागेका व्यक्तिलाई प्राथमिकताका आधारमा राहात वितरण गर्ने काम सुरु भएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ