विनोद चौधरीले ‘ग्लोबल विजनेश समिट’लाई सम्बोधन गर्ने

समाचार

3/6/2020

काठमाडौं, २३ फागुन । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले इकोनोमिक टाईम्सद्वारा आयोजित ‘ग्लोबल विजनेश समिट’लाई सम्बोधन गर्ने भएका छन् । विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट नयाँ दिल्लीमा आयोजना हुनेछ ।

समिटको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम रहेको छ । इकोनोमिक टाईम्सकाअनुसार उक्त कार्यक्रममा भारतयि प्रधानमन्त्री मोदीसहित सरकारका सात जना वरिष्ठ मन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

रक्षा मन्त्री राजनाथ सिंह, वित्त मन्त्री निर्मला सितारमण, विदेश मन्त्री एस जयशंकर, बाणिज्य तथा रेल मन्त्री पियुस गोयल, टेक्सटाईल मन्त्री स्मृती इरानी, नागरिक उड्ययन मन्त्री हरदीप पुरी र उर्जा मन्त्री आरके सिंहले समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

इकोनोमिक टाईम्सले प्रकाशित गरेको समाचार अनुसार विश्वविख्यात कम्पनीका प्रमुख कार्यकारीहरू एवं विश्वमा विजनेश, टेक्नोलोजी र सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वहरू ग्लोबल विजनेश समिटका विशेष आकर्षणका रूपमा रहनेछन् ।

समिटमा नेपालका एकमात्र अर्बपति विनोद चौधरी रहने इकोनोमिक टाईम्सले जनाएको छ ।

यसैबीच अध्यक्ष चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने कार्यक्रम रहेको इकोनोमिक टाईम्सले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीसँग गुजरातका मुख्यमन्त्री हुँदादेखि नै अध्यक्ष चौधरीको निकट सम्वन्ध रहदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ