रौतहट, ८ चैत । रौतहटमा विप्लव समूहका २ जना नेता पक्राउ परेका छन् ।
प्रहरीले विप्लव माओवादी रौतहटका ईन्चार्ज र जिल्ला सदस्यलाई पक्राउ गरेको हो ।
शनिबार बिहान दुवै जनालाई रौतहट र मकवानुरको सीमाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा रौतहट जिल्ला ईन्चार्ज संकेत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेका प्रहरीले जनाएको छ ।
उनीहरुको साथ बाट एक थान नलकटुवा पेस्तोल एक थान ग्रिनेट रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया