विभिन्न देशले गरे चिनियाँ स्वास्थ्य सामग्री फिर्ता

समाचार

4/2/2020

काठमाडौं, २० चैत। नेदरल्यान्डले चीनबाट ल्याइएका ६ लाख फेस मास्क फिर्ता गर्ने घोषणा ग¥यो । २१ मार्चमा ल्याइएका ती मास्क मेडिकल टिमको अग्रदस्तालाई वितरण गरिएको थियो ।

मास्क उपयुक्त थिएन, फिल्टरले काम गरेन । यद्यपि, चिनियाँ कम्पनीसँग गुणस्तर सटिर्फिकेट भने थियो । नेदरल्यान्डले अर्डर गरेको थप सात लाख मास्क नलिने घोषणा पनि गरेको छ ।

स्पेनले पनि चिनियाँ कम्पनीसँग करिब ४८ करोड अमेरिकी डलरबराबरका स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको थियो ।

९५० भेन्टिलेटर, ५५ लाख थान कोरोना जाँच्ने किट्ससहितका सामग्री अर्डर गरिएको थियो । पहिलो चरणमा अर्डर गरिएका ६ लाख ४० हजार किट्समध्ये ३ लाख ४० हजार थान आइसकेका थिए । तर, अधिकांश गुणस्तरहीन देखिएपछि ५८ हजार किट्स चीनलाई नै फिर्ता गरिसकेको छ ।

स्पेनको हेल्थ एन्ड इमर्जेन्सी कोअर्डिनेसन केन्द्रका निर्देशक फर्नान्डो सिमोओनले भनेका छन्, ‘७० प्रतिशत सामानले काम गरेनन् ।’

स्पेनमा सामान आपूर्तिकर्ता कम्पनी सेन्जेन बायोइजी बायो टेक्नोलोजी चिनियाँ अनुमति प्राप्त कम्पनी नभएको त्यहाँको दूतावासले ट्विटरमार्फत उल्लेख गरेको छ ।

जर्जियाले दुई लाख ¥यापिड टेस्टिङ किट्स अर्डर गरेको थियो । तर, त्यहाँका उपस्वास्थ्यमन्त्री तमार गवुनियाले भनेका छन्, ‘८० प्रतिशत सामान काम नलाग्ने भएपछि हामीले सामान खरिद सम्झौता रद्द गरेका छौँ ।’

चेक रिपब्लिकले १८ लाख ३० हजार अमेरिकी डलरमा तीन लाख किट्स अर्डर गरेको थियो । दैनिक नौ सय परीक्षण गर्दासम्म २० प्रतिशतले मात्रै काम गरेको देखिएपछि उसले थप सामान नलिने र भएको सामान पनि फिर्ता गर्ने घोषणा गरेको छ ।

बंगलादेशलाई चीनले अनुदानमा दिएका स्वास्थ्य सामग्री परीक्षणपछि मात्रै उपयोग गर्ने कि नगर्ने भन्ने निर्णय लिने त्यहाँको सरुवा रोग नियन्त्रण तथा अनुसन्धान केन्द्रका निर्देशक डा. मिर्जाद इ फ्लोराले जनाएका छन् । चीनले ४५ हजार पाँच सय किट्स, चार लाख मास्क र १५ हजार पिपिई अनुदानमा दिएको छ ।

टर्कीले किनेका टेस्टिङ किट्समा पनि समस्या देखिएको छ । यद्यपि तीन लाख ५० हजार थान किट्सले भने काम गरेको देखिएको छ ।

बेल्जियमको लियुभेन विश्वविद्यालय शिक्षण अस्पतालले तीन हजार चिनियाँ मास्क लिन अस्वीकार गरेको छ । मलेसियाले सिंगापुर र दक्षिण कोरियाबाट किट्स खरिद गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ