लकडाउन अवधिको सम्पूर्ण व्याज मिनाहा गर्न सरकारसँग आग्रह

समाचार

5/1/2020

धनगढी, १९ वैशाख । कैलाली उद्योग वाणिज्य संघले कोरोना रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण उद्योग, व्यापार क्षेत्र धराशायी भएकोले लकडाउन अबधिको सम्पूर्ण व्याज मिनाहा गर्न सरकारसँग आग्रह गरेको छ ।

कैलालीका उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत शुक्रवार सरकारलाई बुझाएको ज्ञापन पत्रमा लक डाउनका कारण व्यापार व्यवसाय ठप्प रहेकोले व्यवसायीहरु व्याज तिर्न सक्ने अवस्थामा नरहेको लक डाउन अबधिको सम्पूर्ण व्याज मिनाहा गर्न आग्रह गरिएको छ । व्यवसायी बाँचे भने मात्र बैंकहरुले मुनाफा कमाउने हुन् ।

यतिबेला व्यापार व्यवसाय ठप्प हुदा व्यवसायीहरु निराश र हतोत्साही छन् । व्याज तिर्न सक्ने व्यवसायीहरुको अवस्था छैन । व्यवसायीहरुको यो अवस्थालाई बुझेर लकडाउन अबधिभरको सम्पूर्ण व्याज मिनाहा गरिदिन हुन प्रधानमन्त्रीलाई आग्रह गर्दर्छौ, संघका अध्यक्ष कुँवरद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, लक डाउन अबधिको व्याज मिनाहा नभए व्यवसायीहरु व्यवसाय गर्न सक्ने अवस्था नरहने जानकारी गर्दछौ ।

संघले लक डाउन अबधिको व्याज मिनाहा नभए व्यवसायीहरु सम्पूर्ण व्यवसाय नै सधैका लागि लकडाउन गर्न बाध्यहुने अवस्थालाई बुझिदिन समेतसरकारसंग आग्रह गरिएको छ ।ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र महासचिव ओम बिष्टको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ