व्यवसाय सम्मेलनमा सीएनआई सहभागी

समाचार

3/19/2020

काठमाडौं, ६ चैत । भारतको प्रमुख प्रकाशन टाइम्स अफ इन्डिया ग्रुपले भारतको नयाँ दिल्लीमा आयोजना गरेको विश्व व्यापार सम्मेलनका नेपाल उद्योग परिसंघ सहभागी भएको छ ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालको अगुवाईमा सीएनआईले सम्मेलनमा सघन सहभागिता जनाएको हो । कार्यक्रममा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले नेपालले समृद्ध देश सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न लघु तथा घरेलु र मझौला उद्योग प्रर्वद्धनलाई महत्वका साथ अघि बढाएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ