वीरगञ्जको नेशनल मेडिकलबाट १९ सय थान आरडीटी कीट बरामद

समाचार

7/21/2020

वीरगन्ज, ६ साउन । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापामारी गरी करिब १९ सय थान आरडीटी कीट बरामद गरेको छ ।

कलेजमा गरिएको आरडीटी टेस्टमा ४ जनालाई कोरोना पोजेटिभ देखिएको थियो । चारै जनालाई पछि पीसीआर टेस्ट गर्दा एकजनालाई पोजेटिभ देखिए पछि कुरा बाहिरयो ।

त्यही कुरालाई लिएर प्रहरीले छापा मारेको हो । छापामारी स्थानीय प्रशासनले भारी मात्रामा १९ थान आरडीटी कीट बरामद गरेको छ ।

कलेजमा एक जनामा कोरोना पुष्टि भएपछि अस्पतालको आकस्मिक कक्ष र बिरामी राख्ने कतिपय वार्डहरु बन्द गरी सेनिटाइज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यसभन्दा पहिला पनि कलेजमा बाराका एक विरामीको कोरोनाको रिपोर्ट आउनु अघि नै अन्तिम संस्कारका लागि शव दिएपछि कलेज विवादमा तानिएको थियो ।

सरकारले आरडीटी टेस्टको विश्वनियतामाथि प्रश्न उठेपछि सबैको पीसीआर विधिबाटै कोरोना टेस्ट गर्ने प्रतिब्धता जनाएको थियो । तर सो विपरित मेडिकल कलेजले महँगो शुल्क लिएर आरडीटी टेस्ट गर्दै आएको पाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ