वीरगञ्जमा अब नो हर्न

समाचार

3/18/2020

वीरगञ्ज, ५ चैत । हर्न र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयन हुन नसकेको वीरगञ्ज महानगरपालिकाले पुनः अर्को निर्णय गरेको छ ।

वीरगञ्ज महानगरपालिकामा मंगलबार बसेको बैठकले जथाभावी ध्वनि प्रदूषण गर्न नदिने निर्णय गरेको हो ।

राति १० बजेदेखि बिहान ६ बजेसम्म कुनै किसिमको ध्वनि प्रदूषण गर्न नपाउने निर्णय गरिएको नगरप्रमुख बिजय कुमार सरावगीले जानकारी दिए ।

‘महानगरपालिकाले ध्वनी प्रदूषण गर्न नपाउने गरी ऐन यसअघि नै ल्याइसकेको छ । राजनीतिक पार्टी, प्रशासन लगायत सरोकारवालासँग छलफल गरेर कडाइका साथ कार्यान्वयन गर्न खोजेका हौं ।’

उनले चर्को आवाजमा विवाहरउत्सवमा डिजे घुमाउन नपाउने र प्रेसर हर्न बजाउनेलाई कारबाही गरिने बताए ।

बैठकले महानगरभित्र सञ्चालित सबै डिजेहरुलाई अनिवार्य रुपमा दर्ता गराउनुपर्ने, सार्वजनिक स्थान, तथा सडकहरुमा बिज्ञापन, विवाह, आदिमा ठूलो स्वरमा स्पिकर तथा डिजे बजाउन नदिने, पसलमा ठुलो स्वरमा म्युजिक बजाउन नपाईने महानगरपालिकाले जनाएको छ ।

कुनै पनि कार्यक्रममा लाउड स्पिकरको प्रयोग गर्नुपरेको खण्डमा महानगरपालिकासँग पूर्व स्वीकृति लिनुपर्ने निर्णय समेत बैठकमा भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ