वीरगञ्ज, १५ साउन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो ।
७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए ।
उनको मिर्गौलामा समेत समस्या देखिएको थियो । उनको साउन ११ गते आइतबार नै पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब दिइएको थियो ।
तपाईको प्रतिक्रिया