वीरगञ्जमा रगत अभाव

समाचार

3/19/2020

पर्सा, ६ चैत । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को कारण पर्साको रक्त संचार केन्द्रमा रगतको अभाव हुन थालेको छ । कोरोनाको हल्लासँगै भीडभाड र समूहगत काममा आएको कमीले सामूहिक रक्तदानमा परेको असरसँगै रगतको अभाव हुन थालेको हो ।

वीरगन्जका विभिन्न अस्पतालमा आउने बिरामीका लागि दैनिक ४० देखि ६० पोकासम्म रगत चाहिन्छ । तर अहिले सामूहिक रक्तदानमा मन्दी आएकोले बिरामीका लागि चाहिने रगतको माग धान्न अप्ठ्यारो हुन थालेको रक्त संचार केन्द्र वीरगन्जको संयोजक मधु राणाले बताइन् । वीरगञ्जका सबै साना, ठूला अस्पतालमा आउने बिरामी मध्ये रगत चाहिने खालका बिरामीलाई महिनामा १ हजार ५०० पोका जति रगत चाहिन्छ ।

तर, त्यसको तुलनामा रक्तदान हुन छाडिएको छ । यस्तै अवस्था रहने हो भने कोरोनाको प्रकोपसँगै पर्साको हकमा भने बिरामीका लागि चाहिने रगतको पनि अभाव खड्किने रेडक्रस वीरगन्जका सभापति वीरेन्द्रराज कँडेलले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ