वीरगञ्ज, ९ चैत । वीरगञ्ज नाकामा ५० बेडको क्वारेन्टाइन तयार गरिने भएको छ । वीरगञ्ज १६ मा रहेको नेपाल आयुर्वेद मेडिकल कलेज एण्ड टिचिंग हस्पिटल वीरगञ्जमा क्वारेन्टाइन बनाउन लागिएको हो ।
कोरोना भाइरस प्रभावित भारतीय राज्य र तेस्रो मुलुकबाट आएका शंकास्पद व्यक्तिलाई यहाँ राखिने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।
तपाईको प्रतिक्रिया