वीरगन्ज, १६ पुस । नेपाल भ्रमण वर्ष २०२० को आरम्भ नेपालको मुख्यद्वार वीरगन्जबाट पनि शुभारम्भ गरिएको छ ।
भिजिट मधेश नेपाल र होटेल, पर्यटन ब्यवसायी संघ वीरगन्जको संयुक्त आयोजनामा बुधबार वीरगन्जमा नेपाल भ्रमण वर्षको शुभारम्भ भएको हो ।
करिब चार सय सहभागी एवं वीरगन्जका मेयर विजय कुमार सरावगी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल आर्मीका वीरगन्ज प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको बिशेष सहभागितामा प्रभात फेरि कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाल भ्रमण वर्षको प्रभाव र लाभ तराई मधेशले पनि अनुभूति गर्न पाओस्, भिजिट नेपाल २०२० सफल होस्, भिजिट मधेश सफल होस्, अतिथि देवो भवः भने मुल नारासहित कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया