वीरगन्जमा विपन्न परिवारलाई खाद्यान्न वितरण

समाचार

3/28/2020

वीरगञ्ज, १५ चैत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण समस्यामा परेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका धान्दै आएका परिवारलाई वीरगञ्ज महानगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ ।

महानगरका प्रमुख विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ र १२ का २४९ घरपरिवारलाई शनिबार खाद्यान्न वितरण गरेका हुन् ।

मेयर सरावगीले प्रति परिवार अढाई किलो चामल, आलु, दाल, नुन, चाउचाउ लगायतका खाद्य सामग्री वितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ