काठमाडौं, १४ चैत । वीरगन्ज हुँदै शुक्रबार ३० बुलेट ग्यास आयात भएको छ । नेपाल आयल निगमका अनुसार यो नाका हुँदै सो परिमाणको बुलेट ग्यास नेपाल आएको हो ।
नेपाल र भारत दुवै देशमा लकडाउन भए पनि ग्यासको आयात नियमित छ । आइतबार आयात भएको ग्यासमध्ये सबैभन्दा धेरै नेपाल ग्यास हो ।
यसैगरी ४ बुलेट ओम ग्यास आयात भएको छ । एक बुलेट ग्यासले १२ सय ५० सिलिन्डर ग्यास उत्पादन गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया