विराटनगर महानगरका मेयरको एक वर्षको तलव कोरोना कोषमा

समाचार

3/30/2020

विराटनगर, १७ चैत । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले एक वर्षको तलब, सेवा र सुविधा वापतको रकम विराटनगर महानगरपालिकाको कोरोना राहत कोषलाई प्रदान गरेका छन् ।

मेयर पराजुलीले तेसो वर्ष वापतको तलब, सेवा र सुविधा बापत पाउने रकम मध्येबाट ४ लाख ९० हजार रुपैयाँ राहत कोषलाई प्रदान गरेको घोषणा गरेका हुन् ।

मेयर पराजुलीले एक वर्षमा तलब, सेवा र सुविधा बापत ५ लाख ४० हजार रुपैयाँ पाउँछन् जसमध्ये मेयर पराजुलीले आगलागीबाट शरीर जलेकी उतरा चटर्जीलाई ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

विराटनगर महानगरपालिकाको सोमबार बसेको बैठकले एक अर्बको कोरोना राहत कोष खडा गरेको छ ।

महानगरका जनप्रतिनिधिहरुले एक महिनाको तलब, सेवा र सुविधा वापतको रकम राहत कोषलाई दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ