काठमाडौं, २६ मंसिर । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले भारतमा विशेष दूत पठाउने कुरा हल्ला मात्रै रहेको बताएका छन् ।
मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ उनले आफूले पनि विशेष दुत पठाउनेबारे सञ्चार माध्यमबाट थाहा पाएको बताए ।
‘विशेष दूत पठाउने कुरा मैले पनि मिडियाबाटै थाहा पाएँ । मिडियामा चर्चा भयो र त्यहीँ सेलायो । सरकारले दूत पठाउन सक्छ तर हामीले जानकारी पनि गराउन खोजेको हो,’ उनले भने ।
भारतसँगको सीमा विवादको प्रश्न कालापानी र लिपुलेकको नभई लिम्पियाधुराको रहेको उल्लेख गर्दै उनले सत्यलाई स्वीकार गर्ने विषयमा भारतले अवश्य सोच्नेमा आफू विश्वस्त रहेको बताए ।
उनले नेपालले पहिलोपटक ’डिप्लोमेटिक नोट’ दर्ज गरेको स्मरण गर्दै यसलाई पहिलो स्टेप मान्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया