विहारमा भोलीबाट फेरि लकडाउन

समाचार

7/15/2020

पटना, ३१ असार । नेपालसँग सीमा जोडिएको विहारमा फेरि लकडाउन घोषणा गरिएको छ । विहार सरकारले १६ जुलाई बिहीबारदेखि लागु हुने गरी पूर्ण लकडाउनको घोषणा गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार लकडाउन १६ देखि ३१ जुलाईसम्म हुनेछ । गएको २४ घन्टामा भारतमा २८ हजार ४ सय ९८ नयाँ संक्रमित थपिएका छन् ।

५ सय ५३ जना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ७ सय ५२ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ