कपिलवस्तु, १३ असार । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्र्तरगत शुद्धोधन गाउँपालिका लवनी कपिलवस्तुले किसानहरुलाई, बीउविजन, मलखाद, स्प्रे ट्याङ्की, बाख्रा, स्वास्थ्यकर्मीलाई साम्रगी र विद्यालयहरुलाई खेलकुदका सामग्रीहरु वितरण गरेको छ ।
गाउँपालिकामा दर्ता भएका ७५ कृषक समूहहरुलाई विद्युतीय स्प्रे ट्याङ्की, किसानहरुलाई तरकारीको बीउ, मलखाद वितरण गरिएको छ ।
त्यस्तै, ४२ जना विपन्न तथा एकल महिलाहरुको लागि आयआजर्नन गर्नका लागि एक–एक वटा बाख्रा वितरण गरिएको छ । उता विद्यालय तथा बाल विकास केन्द्रका लागि खेलकुद सामग्रीहरु पनि वितरण गरिएको गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले बताए ।
किसानहरुका लागि आयआर्जन हुने खालका कार्यक्रम निर्माण गरी कार्यान्वयन गरिएको अध्यक्ष खांले बताए ।
महिलाहरुका लागि बाख्र्रापालन गरि आयआजर्नमा टेवा दिनका लागि एकल तथा गरिब किसानहरुको लागि बाख्रा वितरण गरिएको उपाध्यक्ष सुधादेवी पाण्डेयले बताइन् ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्तर्गत लक्षित समुदाय र वर्गको लागि शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा काम गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए ।
बाख्रा पाएपछि आयआजर्नमा टेवा मिल्ने वडा नं. ५ की तिर्था धोवीनले बताइन् ।
तपाईको प्रतिक्रिया