‘सुरक्षित समाज र दिगो शान्ति निमार्णमा प्रयत्नशील छौं’

समाचार

3/1/2020

काठमाडौं, १८ फागुन । सुरक्षित समाज र दिगो शान्ति निर्माण, अपराधको प्रकृति र त्यसको नियन्त्रणको लागि स्थानीय नागरिकहरूले दिएको सुझाव अनुरुप अगाडि बढ्ने प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् ।

काठमाण्डौ उपत्यकामा सुरक्षा योजना लागु गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रमुख महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठ र सामुदायिक प्रहरी सेवा केन्द्र बुढानीलकण्ठको आयोजनामा आइतबार महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको सभाहलमा आयोजना गरिएको “शान्ति सुरक्षामा स्थानीय प्रहरीको भूमिका विषयक छलफल कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दैै पोखरेलले भुतपूर्व प्रहरी अधिकृतहरू, स्थानिय जनप्रतिनिधि र स्थानीय बासिन्दाहरुको महत्वपुर्ण सल्लाह सुझावहरूलाई आत्मसाथ गर्दै अगाडी बढ््ने पनि बताए । समय सापेक्ष अनुसार संगठनको आन्तरिक तथा बाह्य सुधारका प्रयासहरु गरेको बताउँदै त्यसैको पहिलो कडि प्रहरी मेस सुधार अभियान चलाइएको बताए । समाज विकासका लागि आधारभुत तत्व सुरक्षा रहेको पनि उनले बताए ।

प्रहरीको बोलीचाली र व्यवहारहरू क्रमश सुधार भईरहेको बताउँदै यस्ता किसिमका छलफल कार्यक्रमहरुले नागरिक र प्रहरी विच सकारात्मक भावाना वृद्धि हुने उनले कार्यक्रममा बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ