रौतहट, ६ साउन । ईशनाथ नगरपालिका–४ स्थितबाट श्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित ईशनाथ नगरपालिका–४ बस्ने १९ वर्षीय पवन कुमार सिन्हालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले नेपाल भारतकोसिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा सवार उनलाई जाँच गर्दा उनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
साथै उक्त साइकलबाटपशु आहाराको बोरा १ थान, कापी ३ पिस, खाने तेल ४लिटरर खरि १ किलो समेत प्रहरीलेबरामद गरेको छ ।
तपाईको प्रतिक्रिया