बाँके, १२ साउन । आफ्नै ७५ वर्षीय श्रीमान लक्षीराम थारुलाई धारिलो हतियार बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा महिला पक्राउ परेकी छन् ।
खजुरा गाउँपालिका–६ नयाँ गिजरा बस्ने ६५ वर्षीया मिछिया थारुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
मिछीयाले सामान्य विवादका क्रममा एक्कासी धारिलो हतियार बन्चरोले टाउको, खुट्टा र हातमा प्रहार गर्दा लक्षीरामको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया